करेन्ट लागेर युवकको मृत्यु
शुक्रबार, २९ असार २०८०, १६ : ४१
काठमाडौं । काठमाडौँको मण्डिखाटारमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी–३ स्थाई घर भएका २३ वर्षीय सुजन श्रेष्ठको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बुढानिलकण्ठ–९ मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई शिक्षण अस्पताल महाराजगंजमा लगिएको थियो । उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण