इमर्जिङ एसिया कपमा भारतले यूएईलाई आठ विकेटले हरायो
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको समूह ‘बी’ को खेलमा भारतको ‘ए’ टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोलीलाई आठ विकेटले पराजित गरेको छ । यसअघि शुक्रबार नै खेलिएको समूह ‘बी’ कै अर्को खेलमा पाकिस्तानको ‘ए’ टोलीले नेपाललाई चार विकेटले हराएको थियो ।
टस हारी पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले २६.३ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।
भारतको जितमा कप्तान यस ढुलले शतकीय पाली खेलेका थिए । उनले अविजित एक सय आठ रन बनाए । उनले केवल ८४ बलको सामना गरी एक छक्का र २० वटा चौका हिर्काएका थिए । जितसँगै भारत र पाकिस्तानले दुई—दुई अंक जोडेका छन् ।
यसअघि प्रतियोगिताको पहिलो दिन बिहीबार खेलिएको समूह ‘ए’ को खेलमा श्रीलंकाको ‘ए’ टोलीले बंगलादेशको ‘ए’ टोलीलाई ४८ रनले हराएको थियो । सोही समूहको अर्को खेलमा अफगानिस्तानको ‘ए’ टोलीले ओमानको ‘ए’ टोलीलाई ७२ रनले पराजित गरेको थियो । जितसँगै श्रीलंका र अफगानिस्तानले दुई—दुई अंक जोडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण