एमाले सचिवालय बैठकका एजेण्डा तय
शुक्रबार, २९ असार २०८०, २२ : ००

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले एजेण्डा तय गरेको हो । ‘यसपटक खासै धेरै र महत्वपुर्ण एजेण्डा छैनन् । नेताहरुको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक
प्रस्तावमाथिको छलफल सचिवालयका एजेण्डा तय भएका छन्’, एक नेताले रातोपाटीलाई बताए । एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा उपमहासचिव र सचिवहरु रहने गर्छन् । एमाले सचिवालय बैठक शनिबार बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखाको झयाँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले
-
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध