सुदूरपश्चिम प्रदेशमा सांसदलाई ५ करोड दिने सहमति, बजेटमाथिको विरोध मत्थर
धनगढी । सुदूरपश्चिम प्रदेशमा सांसदको प्रत्यक्ष निगरानीमा कार्यान्वयन हुने सांसद विकास कोषको रकम बढाउने सहमति भएपछि बजेटमाथिको विरोध मत्थर हुने देखिएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमा सत्ता पक्षबाटै तीव्र असन्तुष्टि चुलिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सांसद विकास कोषको बजेटलाई ३ करोडबाट ५ करोड पुर्याउने सहमति गरेका छन् । उक्त सहमति पछि बजेटमाथिको विरोध मत्थर हुने देखिएको हो ।
बजेटको निकासबारे मुख्यमन्त्री शाहले आज सत्तारुढ दलको बैठक राखेका थिए । बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले सांसद विकास कोषको रकमलाई थप गरी ५ करोड पुर्याउने सहमति भएको जानकारी दिए । त्यसका लागि सरकारले तत्काल संशोधन विधेयक ल्याउने तयारी पनि गरेको चौधरीले बताए । साथै बजेटमा रहेका अनावश्यक योजना कटौती तथा आवश्यक योजना थप गर्ने पनि उनको भनाइ छ ।
सत्तारुढ ३ दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीले बजेट छलफल अघि नै यथास्थितिमा बजेटलाई समर्थन गर्न नसकिने निर्णय समेत गरेका थिए । तर अब सो सहमतिपछि बजेट पारित हुने बाटो समेत खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण