असार मसान्तसम्म बारामा ३० प्रतिशत मात्रै रोपाइँ
बारा । बारा जिल्लामा असार मसान्तसम्म ३० प्रतिशत मात्रै धान रोपाई भएको छ । कृषि ज्ञान केन्द्र कलैयाकाअनुसार जिल्लाको दक्षिण भेगको तुलनामा उत्तरतर्फ रोपाइँ बढी भएको छ । यसपटक लगातारको खडेरीका कारण किसानले समयमै बीउ राख्न नपाएको, ढिलो गरी राखेको बीउ तयार हुन समय लागेको र पानी पनि कम परेको किसानहरूको गुनासो छ ।

कृषि ज्ञान केन्द्र कलैयाका बाली विकास अधिकृत राजनारायण प्रसाद साहले गत वर्ष असार मसान्तसम्म ६० प्रतिशतभन्दा धेरै रोपाइँ भए पनि यसपटक पानी नपरेकाले ३० प्रतिशत मात्रै रोपाइँ भएको बताएका छन् । बारामा १५ हजार ५ सय हेक्टरमा ६८ हजार ३९९ मेट्रिक टन चैते धान उत्पादन हुने गर्दछ भने बर्खे धान अन्तर्गत भदौमा पाक्ने ११ हजार ९०५ हेक्टरमा ५१ हजार १९१ मेट्रिक टन र कात्तिक, मंसिरमा पाक्ने प्रजातिको धान ३४ हजार ११५ हेक्टरमा १ लाख ४३ हजार २८७ मेट्रिक टन उत्पादन हुने गर्दछ ।
बाली विकास अधिकृत साहले यसपटक किसानले ढिलो बीउ राखे पनि अगामी दिनमा मौसम राम्रो भएर पानी परेमा उत्पादनमा खासै कमी नआउने बताए । बारामा किसानहरूले हर्दिनाथ–१, सावा मन्सुली सव–१, बासमति र खुला सिमानाका कारण भारतीय सोना मन्सुली प्रजातिका धान लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण