असार मसान्तसम्म बारामा ३० प्रतिशत मात्रै रोपाइँ

बारा । बारा जिल्लामा असार मसान्तसम्म ३० प्रतिशत मात्रै धान रोपाई भएको छ । कृषि ज्ञान केन्द्र कलैयाकाअनुसार जिल्लाको दक्षिण भेगको तुलनामा उत्तरतर्फ रोपाइँ बढी भएको छ । यसपटक लगातारको खडेरीका कारण किसानले समयमै बीउ राख्न नपाएको, ढिलो गरी राखेको बीउ तयार हुन समय लागेको र पानी पनि कम परेको किसानहरूको गुनासो छ ।
कृषि ज्ञान केन्द्र कलैयाका बाली विकास अधिकृत राजनारायण प्रसाद साहले गत वर्ष असार मसान्तसम्म ६० प्रतिशतभन्दा धेरै रोपाइँ भए पनि यसपटक पानी नपरेकाले ३० प्रतिशत मात्रै रोपाइँ भएको बताएका छन् । बारामा १५ हजार ५ सय हेक्टरमा ६८ हजार ३९९ मेट्रिक टन चैते धान उत्पादन हुने गर्दछ भने बर्खे धान अन्तर्गत भदौमा पाक्ने ११ हजार ९०५ हेक्टरमा ५१ हजार १९१ मेट्रिक टन र कात्तिक, मंसिरमा पाक्ने प्रजातिको धान ३४ हजार ११५ हेक्टरमा १ लाख ४३ हजार २८७ मेट्रिक टन उत्पादन हुने गर्दछ ।
बाली विकास अधिकृत साहले यसपटक किसानले ढिलो बीउ राखे पनि अगामी दिनमा मौसम राम्रो भएर पानी परेमा उत्पादनमा खासै कमी नआउने बताए । बारामा किसानहरूले हर्दिनाथ–१, सावा मन्सुली सव–१, बासमति र खुला सिमानाका कारण भारतीय सोना मन्सुली प्रजातिका धान लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा वडाध्यक्षमाथि मोबिल छ्यापियो
-
तरुण दलको महाधिवेशन पार्टीको निगरानीमा मङ्सिरमा गर्ने कार्यतालिका
-
चिनीको चक्रव्यूह : के चिनी साँच्चै विष हो ?
-
सुन व्यवसायीलाई उपभोक्ता अधिकारकर्मीको साथ, १० किलो आयात हुँदा १०० किलो कहाँबाट आयो ?
-
बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित नेपालका पाँच खेलाडी
-
गुल्जार छैन मुग्लिन बजार : निरास भेटिन्छन् व्यवसायीहरू