सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित
धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित भएको छ । शनिबार राति बसेको सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनको २१ औं बैठकबाट बजेट पारित भएको हो । स्वतन्त्र सांसद र एमालेको अनुपस्थिति तथा राप्रपाको सहभागितामा सुदूरपश्चिम प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि तयार पारेको बजेट पारित भएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको कुल बजेट २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँ बजेट ल्याएको छ ।
राप्रपाकी विष्टलाई लेखाको सभापति बनाउने सहमति
यसैबीच मुख्यमन्त्री कमलबहादुर शाहले राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवी बिष्टलाई सार्वजनिक लेखा समितिको सभापति बनाउने सहमति गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र स्वतन्त्र प्रदेशसभा सदस्यले बजेट पास गर्नका लागि बोलाइएको प्रदेशसभा बैठक बहिस्कार गरेपछि विष्टलाई सार्वजनिक लेखा समिति सभापति बनाउने सहमति गरी बैठकमा उपस्थित गराइएको छ ।

प्रतिपक्ष विना बैठक राखेर बजेट पास गर्दा नैतिक प्रश्न उठ्ने भएपछि राप्रपा कि विष्टलाई अनुरोध गरेर नै प्रदेशसभा बैठकमा बोलाइएको हो । स्रोतका अनुसार मुख्यमन्त्री शाहले प्रदेशसभा सदस्य विष्ट र राप्रपाका छत्र शाहीलाई भेटेर समितिको सभापति बनाउने बचन दिएका छन् । समितिको सभापतिका विषयमा केन्द्रीय अध्यक्ष राजेन्द्र लिंग्देन र प्रदेश अध्यक्षलाई पनि सहमत गराइएको बताइन्छ ।
सामान्यतया सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षलाई दिने चलन छ । एमालेले प्रदेश सभा बहिस्कार गरेकोले राप्रपालाई सभापति बनाउने नीति सरकारले अख्तियार गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण