अदालत
ललिता निवास प्रकरण : सञ्चारसचिव राउतसहित चार जनाको बन्दीप्रत्यक्षीकरणको मुद्दा पेसीमा
आइतबार, ३१ असार २०८०, ११ : १४
काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको हो । सीआईबीको हिरासतमा रहेका सचिव राउत, व्यवसायी गुरुङका अतिरिक्त पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमका तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।
उनीहरुले गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । चारै जनाको हकमा यसअघि एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण