सञ्चार सचिवसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न अनुमति दिएको छ ।
बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएका उनीहरुलाई अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद दिएको हो ।
यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यससँगै पक्राउ परेकाहरु बढीमा कुल १९ दिन हिरातमा रहिसकेका छन् ।
यी हुन् ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म पक्राउ परेकाहरू :
१.मीन बहादुर गुरुङ– भाटभटेनी सुपर मार्केटका सञ्चालक (असार १२)
२. सुधीर कुमार शाह (पूर्व निर्वाचन आयुक्त)
३. धर्मप्रसाद गौतम (शाखा अधिकृत)
४. गोपाल कार्की, अवकाश प्राप्त खरिदार
५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)
६. घमानकुमारी कार्की (नापी सर्वेक्षक)
७.बाबुराजा महर्जन (नक्कली मोही)
८.रमेशकुमार पोखरेल (समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख) (असार १८)
९. देव नारायण महर्जन (मोही)
१०.लोकहरी घिमिरे (समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख) (असार २४)
११. ध्रुबप्रसाद अर्याल (नापी सर्वेक्षक)
१२. कृष्णबहादुर राउत (सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव)
१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत (असार २६)
१४. नारायणदास मिश्र (पूर्व खरिदार डिल्लीबजार मालपोत)
१५. रुद्रप्रसाद श्रेष्ठ (महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग) (असार २६)
१६. बालकृष्ण श्रेष्ठ (सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय)
१७. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी (असार २७)
स्टे अर्डरमा छुटेकाहरु
१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।
२. सुरेन्द्रमान कपाली, अधिकृत ।
३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण