आर्थिक वर्षको अन्तिम दिन नेप्से सूचक दोहोरो अंकले बढ्यो, २ अर्ब ३७ करोडको कारोबार
काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन नेप्से सूचक दोहोरो अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन तर आर्थिक वर्ष २०७९/८० को अन्तिम दिन आइतबार नेप्से सूचक १२.१६ अंकले बढ्दै २ हजार ९७.०९ अंकको विन्दुमा अडिएको हो ।
१२ अंकमाथिले नेप्से सूचक बढेको यस दिन कूल २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रुपैयाँ बराबरको ७१ लाख ८४ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।
आज बैंकिङ, डेभलपमेन्ट बैंक, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी म्युचुअल फन्डको उपसूचक २.०६ प्रतिशतले बढेको छ ।
सनराइज फोकस इक्युटी फनडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने लिवर्टी इनर्जीको सेयर मूल्य ५.९६ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण