सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्लस टु प्रोफाइल

मोर्गन इन्टरनेसनल कलेज : उत्कृष्ट नतिजा, निरन्तर बोर्ड फस्टको रेकर्ड

सोमबार, ०१ साउन २०८०, ०९ : ४२
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । मोर्गन इन्टरनेसनल कलेजले उच्च शिक्षाको उत्कृष्ट गन्तव्यको रूपमा पहिचान स्थापित गरेको छ ।  काठमाडौंको बसुन्धारास्थित कलेज एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्न सफल भएको छ । 

कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारीका अनुसार उच्च माध्यामिक शिक्षा परिषद् (एनइबी) र विश्वविद्यालयको बोर्ड परीक्षामा कलेजका विद्यार्थीले ल्याएको नतिजा र मेडिकल तथा इन्जिनियरिङ क्षेत्रमा मोर्गन कलेजका विद्यार्थीको बाहुल्यताका कारण सबैको पहिलो रोजाइको शैक्षिक संस्था बनेको हो । 

_J4A7459 (1)

मेडिकल र इन्जिनियरिङमा मोर्गन कलेजकै बर्चश्व 

डाक्टर र इन्जिनियर अध्ययनको प्रवेश परीक्षा असाध्यै कठिनमध्ये मानिन्छ । त्यसमा पनि छात्रवृत्तिमा नाम निकाल्न ठूलै लगाव र मेहनतको आवश्यकता पर्छ । विद्यार्थीलाई शिक्षण संस्थाले पनि सोहीअनुसार तयार गरेको हुनुपर्छ । 

यसै क्रममा, मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने कलेज मध्येमा मोर्गन इन्टरनेसनल कलेज अग्रणी स्थानमा आउँछ । 

त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगञ्ज मेडिकल इन्ष्टिच्युट (त्रिवि शिक्षण अस्पतालमा) पूर्ण छात्रवृत्तिमा चिकित्साशास्त्र पढ्न सक्षम बनाउने कलेजको पहिचान मोर्गन इन्टरनेसनल कलेजले बनाएको छ । 

WhatsApp Image 2023-07-17 at 14.58.39

गत वर्षको प्रवेश परीक्षामा मोर्गनका १४ जना विद्यार्थीले नाम निकालेर मेडिकल शिक्षा अध्ययन गरिरहेका छन् । त्यसमध्ये, मोर्गन इन्टरनेसनल कलेजकी विद्यार्थी यशोदा रिजालले दोस्रो नम्बरमा नाम निकालेर चिकित्साशास्त्र अध्ययन गरिरहेकी छिन् ।  

त्यसै गरी, पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययन गर्नका लागि गत वर्र्षको प्रवेश परीक्षामा मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन गरेका २६ जनाले नाम निकाल्न सफल भएका छन् । 

मोर्गन इन्टरनेशनल कलेजबाटै पुल्चोकमा इन्जिनियरिङ अध्ययन गर्न गएका बरदान मैनालीले ब्याचलर अफ इन्जिनियरिङ (सिभिल)को बोर्ड परीक्षामा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । 

त्यसबाहेक, विदेशका शैक्षिक संस्थामा छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको संख्या प्रशस्त रहेको प्रिन्सिपल भण्डारीले बताए । 

Class_room

उत्कृष्ट नतिजा, निरन्तर बोर्ड फस्टको रेकर्ड

उच्च माध्यामिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाहरुमा मोर्गन कलेजका विद्यार्थीहरुले निरन्तर बोर्ड टप गरिरहेका छन् । परिषद्ले लिएको बोर्ड परीक्षामा विज्ञान र व्यवस्थापन संकायमा मोर्गन इन्टरनेसनल कलेजका विद्यार्थीले पाँच–पाँच पटक बोर्ड टप गरेका छन् । 

यसै कलेजमा विज्ञान संकाय अध्ययन गरेका अनिश न्यौपाने ४ जिपिए ल्याएर उत्कृष्ट हुन सफल भए । त्यसअघि प्रतिशत प्रणालीको परीक्षामा प्रदीप श्रेष्ठ (८९.८१ प्रतिशत) बोर्डमा पर्न सफल भएका थिए । त्यस अघिका वर्षहरुमा क्रमशः यसोदा रिजाल (८९.९३ प्रतिशत) नारायण शाह (८९.९२ प्रतिशत) र अनुपमसिंह थापा (८९.८८ प्रतिशत)सहित बोर्ड टप हुन सफल भएका थिए । 

WhatsApp Image 2023-07-17 at 14.58.40

त्यसै गरी, व्यवस्थापन संकायतर्फ पूजाश्री थापा र आरती लिङ्खा ४ जिपिएसहित बोर्डमा उत्कृष्ट हुन सफल भए भने प्रतिशत प्रणालीको परीक्षामा अर्पण रिमाल (८९.६२ प्रतिशत), सन्देश केसी (८९.९८ प्रतिशत) ल्याएर बोर्ड टप भएका थिए । 

‘मोर्गन रोजेर आउने विद्यार्थीलाई सक्षम बनाउने हाम्रो दायित्व हो । त्यसमा हामी सफल छौं’, प्रिन्सिपल भण्डारीले भने, ‘हामी उत्कृष्ट विद्यार्थी मात्रै लिदैंनौ । सबै खालका विद्यार्थी लिएर सबैलाई उत्कृष्ट बनाउँछौं । यो नै मोर्गन कलेजको विशिष्ट पहिचान हो ।’ कतिपय सेलेक्टेड विद्यार्थी मात्रै भर्ना लिने कलेजको नतिजाको तुलनामा मोर्गनका विद्यार्थीको नतिजा अब्बल रहेको उनको भनाई छ । 

‘एसईई उत्तीर्ण गरेको जोसुकै विद्यार्थी मोर्गन कलेजमा अध्ययन गर्न पाउँछन् । मोर्गनमा आएपछि उनीहरूको पहिचान नै बेग्लै बन्छ । हामी विद्यार्थीमा आत्मविश्वास थपिने गरी अभिमुखीकरण गर्छाैंं । विद्यार्थीको अब्बल नतिजाको एउटा आधार यो पनि हो ।’ कलेजले सर्वसुलभ शुल्कमा उत्कृष्ट शैक्षिक वातावरण दिइरहेको उनले बताए । 

WhatsApp Image 2023-07-17 at 14.58.41

प्रशस्त छात्रवृत्ति, सबैलाई स्थान

कक्षा ११ र १२ मा सबैभन्दा धेरै छात्रवृत्ति दिने कलेजमध्ये पर्छ मोर्गन इन्टरनेसनल कलेज । कलेजले हरेक वर्ष एक सय जनाभन्दा बढी विद्यार्थीलाई विभिन्न शीर्षकको छात्रवृत्तिमा अध्यापन गराउँदै आएको भण्डारीले जनाए । 

कलेजले एसईई परीक्षामा ४ जिपिए ल्याएका विद्यार्थीलाई प्रयोगात्मकबाहेक सबै शुल्क मिनाह गर्दै आएको छ । त्यसबाहेक, प्रवेश परीक्षाको नतिजा, दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी, जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गरिरहेको कलेजले बताएको छ । 

सरकारले तोकेको कोटाअन्तर्गत छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि प्रशस्त रहेको कलेजले जनाएको छ । 

Computer Lab 2

शिक्षण सिकाइको स्मार्ट अभ्यास 

कलेजले विद्यार्थीकेन्द्रीत शैक्षिक वातावरण तयार गरेको कलेजका प्रिन्सिपल भण्डारी बताउँछन् । कलेजले शिक्षण सिकाइका लागि सुविधासम्पन्न पूर्वाधार तयार गरेको छ । अध्यापनको लागि डिजिटल कक्षा कोठा, प्रयोगशाला र पुस्तकालय छन् । 

‘विद्यार्थीको सबै रेकर्ड डिजिटल प्रणालीमा हुन्छ । विद्यार्थीलाई अध्ययन सामाग्रीसमेत डिजिटल प्रणालीमै उपलब्ध गराउँछौं । सबै कुरालाई डिजिटलाइज्ड गर्दा शिक्षक र विद्यार्थी दुवैको मूल्याङ्कनमा सजिलो भएको छ’, भण्डारीले भने । 

Bio Lab

‘कलेजको सफलताको मुख्य श्रेय यहाँका अनुभवी र मेहनती शिक्षक तथा कर्मचारी नै हुन् । उहाँहरुले मोर्गनमा आएका विद्यार्थीहरुलाई देशको सक्षम नागरिक बनाउन अथक मेहनत गर्नुभएको छ’, भण्डारीले बताए । 

अध्यापनको क्रममा विद्यार्थीलाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउने शिक्षण विधि कलेजले अपनाएको छ । ‘मोर्गनमा आएका विद्यार्थी व्यवहारिक रूपमै सक्षम हुन्छन् । त्यो शैक्षिक वातावरण हामीले स्थापित गरेका छौं’, प्रिन्सिपल भण्डारीले भने ।

26

अब्बल अतिरिक्त क्रियाकलाप

अतिरिक्त क्रियाकलापमा मोर्गन कलेजले छुट्टै पहिचान स्थापित गरेको छ । खेलकुद गतिविधिका लागि कलेज परिसरभित्रै बास्केटबल, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ । 

त्यसबाहेक, कलेजले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापलाई कलेजको वार्षिक शैक्षिक क्यालेण्डरमै समावेश गरेर नियमित रूपमा सञ्चालन गरिरहेको कलेजका भाइस प्रिन्सिपल शालिग्राम आचार्यले बताए । 

‘विद्यार्थीले अतिरिक्त क्रियाकलापबाट पनि कक्षाकोठामा जत्तिकै सिक्ने अवसर पाउँछन् । यसले उनीहरुलाई व्यवहारिक रुपमै सक्षम बनाउँछ । विद्यार्थीलाई कक्षामा जत्तिकै प्राथमिकता अतिरिक्त क्रियाकलापमा पनि दिने गरेका छौं’, आचार्यले भने । 

Winner

स्नातकमा पनि उस्तै अब्बल

मोर्गन इन्टरनेसनल कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा ब्याचलर इन कम्युटर एप्लिकेशन (बीसीए), ब्याचलर अफ इन्फरमेशन म्यानेजमेण्ट (बीआइएम), ब्याचलर अफ विजेनेश म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ विजनेश स्टडिज (बीबीएस) र एमबीएस लगायतका विषय अध्यापन गराइरहेको छ । स्नातक तहमा पनि मोर्गन कलेजको उत्कृष्ट नतिजा हासिल गरेको छ ।

कलेजले सूचना प्रविधि र व्यवस्थापनमा अब्बल जनशक्ति तयार गर्ने ध्येयका साथ शैक्षिक क्रियाकलाप सञ्चालन गरिरहेको कलेजका एकेडेमिक डाइरेक्टर डम्बरबहादुर हमालले बताए । 

Morgan_Distinction Holder

अन्तर्राष्ट्रिय संस्थासँगको आवद्धता  

मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन गरेका विद्यार्थीहरूलाई विदेशका विभिन्न संघ÷संस्थामा एक्स्पोजरको लागि कलेजले वातावरण तयार गरेको छ ।  

मोर्गनमा अध्ययन गरेका विद्यार्थीलाई जापानमा इन्टर्नसीपको अवसर मिलाइएको छ । जापानको आइम्याक इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरेर मोर्गनका विद्यार्थीलाई इन्टर्नसीपको अवसर मिलाइएको डा. भण्डारीले बताए । 

जापानका कम्पनीमा इन्टर्नसीप सकेर नेपाल फर्कने विद्यार्थीले नेपालकोे सूचना प्रविधि, इन्जिनियरिङ र कर्पोरेट सेक्टरमा राम्रो योगदान गर्न सक्ने उनको भनाई छ । मोर्गन इन्टरनेसनल  कलेजमा अध्ययन सकेर इन्टर्नसीपका लागि जापान गएका विद्यार्थीहरुले अधिकतम ३ वर्षको इन द जब टे«निङ (ओजेटी) गर्न पाउँछन् । यो कमाईसहितको पढाइ हो । 

IMG_3310

ननक्रेडिट कोर्सको अभ्यास 

सैद्धान्तिक विषय अध्ययन गरेका विद्यार्थीलाई बजारका लागि योग्य बनाउन कलेजले ननक्रेडिट कोर्समार्फत् ब्रिजिङ गरिरहेको छ । ‘उच्च शिक्षाको प्रमाणपत्र मात्रै भएका युवा जनशक्ति अब मार्केटका लागि योग्य नहुन सक्छन् । त्यसैलाई ध्यान दिएर हामीले बजारको आवश्यकता अनुसारको जनशक्ति तयार गर्ने सबै विद्यार्थीलाई ननक्रेडिट कोर्समा सहभागी गराउँछौं’, एकेडेमिक डाइरेक्टर हमालले भने । 

ननक्रेडिट कोर्सले सैद्धान्तिक र व्यवहारिक ज्ञानबीचको खाडल पुर्ने भएकाले विद्यार्थी दक्ष जनशक्तिको रुपमा तयार हुने भएकाले कलेजले यसलाई प्राथमिकतामा राखेको उनले बताए । 

कलेजले भारतको प्रतिष्ठित आईटी कम्पनी वेभशालासँग समझदारी गरेर कलेजमै डेटा साइन्स र सेल्स फोर्सको नन्क्रेडिट कक्षा चलाउने वातावरण मिलाएको उनले बताए । 

WhatsApp Image 2023-07-17 at 14.58.416

एल्मुनाईको गर्विलो पहिचान

मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन गरेका विद्यार्थीहरुको सफलता नै कलेजको सफलता रहेको प्रिन्सिपल भण्डारी बताउँछन् । 

‘यहाँ अध्ययन गरेका विद्यार्थी उच्च तहमा छन् । सबैले सराहनीय करिअर बनाउन सफल भएका छन् । हाम्रा लागि सबैभन्दा खुसी र गर्वको कुरा यही हो’, उनले भने । 

Pilot-Alisha Thapa

मोर्गन कलेजमा अध्ययन गरेकी एलिसा थापाले भर्खरै फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेकी छन् । 

मोर्गनमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु सफल डाक्टर, इन्जिनियर बनेका छन् । कतिपय चार्टर्ड एकाउन्टेन्ट छन् । बहुराष्ट्रिय कम्पनीहरुको उच्च तहमा समेत मोर्गनका पूर्व विद्यार्थीहरु छन् । 

उच्च शिक्षामा उत्कृष्टताको प्रण 

विगतमा जस्तै भविष्यमा पनि मोर्गन इन्टरनेसनल कलेजलाई देशकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने योजनासहित काम भइरहेको प्रिन्सिपल भण्डारीले बताए । 

‘हामीले डेढ दशकमा सिकेको अनुभवको आधारमा आगामी दिनमा मोर्गन इन्टरनेसनल कलेजलाई अझ उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने गरी काम गरिरहेका छौं’, उनले भने ।

कलेजले अत्याधुनिक सुविधासहितको नयाँ शैक्षिक भवन निर्माणको काम सुरु गरेको छ । आगामी २ वर्षभित्रमा अत्याधुनिक सुविधाको नयाँ भवनबाट शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने तयारी रहेको उनले बताए । 

उक्त भवनको ग्राउण्ड फ्लोरमा ओपन क्याफ्टेरिया र माथिल्लो तल्लामा अत्याधुनिक सुविधासहितको फुटसल कोर्ट हुने गरी डिजाइन गरिएको छ । सबै कक्षा कोठा र कार्यालय स्मार्ट बनाउने गरी योजना बनाइएको भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप