शहीदनगर नगरपालिकाले ल्यायो ५८ करोड ३८ लाख रुपैयाँको बजेट
जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५८ करोड ३८ लाख ९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
आइतबार नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले नवौँ नगरसभामार्फत आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका हुन् ।
राजस्व बाँडफाँटबाट ९ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १२ करोड ९४ लाख प्राप्त लक्ष्य बजेटमा उल्लेख छ । त्यस्तै संघीय सरकारबाट हस्तान्तरित विभिन्न कार्यक्रमका लागि सशर्त अनुदानबाट २५ करोड ३ लाख, संघीय सरकारबाट विशेष अनुदानबाट १ करोड ५० लाख, संघीय सरकारबाट समपुरक अनुदान ८० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९६ लाख ९ हजार, प्रदेश सरकारबाट विशेष अनुदान ३० लाख, प्रदेश समपुरक अनुदानबाट २० लाख, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ४० लाख, नगरपालिकाको आन्तरिक आम्दानीबाट १ करोड र आन्तरिक स्रोतको राजस्वबाट २५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
‘ज्येष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रम’लाई व्यवस्थित बनाउँदै आवश्यक कार्यक्रम सञ्चालन गर्ने, कृषि भूमिमा बाह्रै मास सिँचित गर्न डिप ट्युबवेल, स्यालो ट्युबवेल तथा सिँचाइ आयोजनालाई प्रदेश सरकारसँग समन्वय गरी सञ्चालन गरिने लक्ष्य पनि नगरपालिकाले बजेटमार्फत अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण