आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरका स्वास्थ्यकर्मी आन्दोलित

सोमबार, ०१ साउन २०८०, १२ : २३
सोमबार, ०१ साउन २०८०

धनगढी । धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि उनीहरु आन्दोलित भएका हुन् । 

उनीहरूले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन् । नयाँ आर्थिक वर्ष शुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नहुन भन्दै पत्र पठाएको थियो । 

यसअघि धनगढीमा समायोजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफूहरूमाथि अन्याय भएको भन्दै सरोकारवाला निकायलाई गत असार २९ गते ध्यानाकर्षण पत्र बुझाएका थिए । उपमहानगरपालिकाले समायोजनमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि विकल्प नदिई हाजिर गर्न नदिने भएपछि उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, धनगढी उपमहानगर, जिल्ला प्रशासन लगायतका कार्यालयमा पत्र बुझाएका थिए ।

कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७ र २०७८ सालको बिभिन्न मितिमा समायोजन मिलानको अनुसार हाजिर भइ हालसम्म (उपमहानगरपालिका) मा नेपाल सरकारले निर्दिष्ट गरेका नियमित स्वास्थ्यका कार्यक्रमहरु र स्थानीय सरकारले तय गरेका नीति तथा कार्यक्रमअनुसार काम गरिरहेको पत्रमा उल्लेख छ ।

समायोजनमा कामकाज गर्ने गरि खटाएका कर्मचारीहरुलाई २०८० श्रवण १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएको उनीहरूको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप