ब्याजदर परिवर्तनले सेयर बजार उत्साहित, ४७ अंकले बढेर नेप्से सूचक २१ सय ४४ अंकको विन्दुमा उक्लियो
काठमाडौँ । साउन महिनाका लागि बैंकको ब्याजदर परिवर्तन भएसँगै यसको प्रभाव सेयर बजारमा देखिएको छ ।
साउन १ अर्थात् सोमबारदेखि बैंकहरुले खुल्ला बजारको नीति अनुरुप निक्षेपको ब्याजदर ६.४९ प्रतिशतदेखि १०.९८ प्रतिशतसम्म तोकेका छन् । योसँगै यता कर्जाको ब्याजदर समेत केहीँ घट्ने देखिएको छ । यसले लगानीकर्ताहरु उत्साहित भएका हुन् ।
सोमबार सेयर बजार परिसूचक नेप्से ४७.०७ अंकले बढ्दै २१ सय ४४.१६ अंकको विन्दुमा उक्लिएको छ । अघिल्लो दिने यस्तो सूचक १२ अंकले बढेको थियो ।
आज २ अर्ब ५६ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको ७६ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज म्युचुअल फन्ड बाहेकका १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.१४ प्रतिशतले बढ्दैगर्दा आज म्युचुअल फन्ड समूहको उपसूचक ०.४९ प्रतिशतले मात्र घट्न पुगेको छ ।
बीपीडब्लू लघुवित्त वित्तीय संस्था र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी धनवृद्धि योजना फन्डको सेयर मूल्य ८.३७ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण