काठमाडौँमा बैंकिङ कसुरको मुद्दा दोब्बरले वृद्धि
काठमाडौँ । काठमाडौँ जिल्लामा बैंकिङ कसुरका मुद्दा गत आर्थिक वर्षको तुलनामा यस वर्ष दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८–०७९ मा भन्दा आर्थिक वर्ष २०७९–०८० मा बैंकिङ कसुरको मुद्दा दोब्बरले बढेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
गत वर्ष काठमाडौँमा ३ हजार ७१५ मुद्दा दर्ता भएका थिए । तर, आर्थिक वर्ष २०७९–०८० मा ७ हजार १०१ वटा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए ।
काठमाडौँमा गत वर्षको तुलनामा यस वर्ष चोरीको घटना बढेको देखिएको छ । यस वर्ष ६४७ वटा चोरीका घटना भएका छन् । आर्थिक वर्ष २०७८–०७९ मा ४६० वटा चोरीजन्य कसुर दर्ता भएका थिए ।
लागुऔषधका मुद्दा थोरै परिमाणमा बढेको देखिएको छ । एसएसपी कार्कीका अनुसार गत वर्ष ३३९ वटा लागुऔषधको मुद्दा दर्ता भएको थियो । यस वर्ष ३६८ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९–०८० मा काठमाडौँ जिल्लामा मात्रै ३५७ जनाले आत्महत्या गरेका छन् । गत वर्ष ३४१ जनाले आत्महत्या गरेका थिए ।
ज्यान सम्बन्धी कसुर गत वर्षको तुलनामा यस वर्ष घटेको छ । आर्थिक वर्ष २०७८–०७९ मा ३७ जनाको हत्या भएको थियो । यस वर्ष २७ जनाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
अपराध अनुसन्धानमा महत्त्वपूर्ण साधन मानिने सिसिटिभी ठुलो चालु अवस्थामा नरहेको एसएसपी कार्कीले जानकारी दिए । उनले भने–‘काठमाडौँ जिल्लामा जडान भएका मध्ये ५४५ सिसिटिभी चालु अवस्थामा छैनन् ।’
चालु नभएका सिसिटिभी मर्मतका लागी सम्बन्धित संघ संस्थाहरूलाई अनुरोध गरिएको उनले बताए । जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका इलाकामा १ हजार ७७ सिसिटिभी जडान भएको तर, ५ सय ३२ वटा मात्रै चालु अवस्थामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण