नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडानको छानबिन गर्न उपसमिति गठन
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मंगलबार मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडानका क्रममा रहेको ९एन–एकेडब्लू जहाजको घटना छानबिन गर्न २ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ । निगमले निर्देशक महेश मरिताको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको हो ।
उक्त समितिमा सदस्य सचिवको रूपमा अर्का निगमकै निर्देशक पोशक ज्ञवाली रहेका छन् । आवश्यकताका आधारमा उक्त उपसमितिले अरू सदस्यलाई समेत आमन्त्रण गर्न सक्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
सोमबार बेलुका ८ बजे १५८ जना यात्रु बोकेर मलेसिया उडेको वायु सेवा निगम ९एन–एकेडब्लू जहाज मंगलबार काठमाडौँ फर्किने बेला ककपिटमा अक्सिजनको लेभल कम भएसँगै उडान सेड्युल प्रभावित हुन पुगेको छ । जहाज १७६ यात्रुसहित बिहान ९ः१० बजे क्वालालम्पुरबाट काठमाडौँका लागि उड्ने सेड्युल रहे पनि अक्सिजनको अभावमा डिले हुन पुगेको छ ।
अक्सिजनको जोहो गरेर जहाज आजै बेलुका ३ बजे क्वालालम्पुरबाट काठमाडौँका लागि उड्ने प्रवक्ता पौडेलले जानकारी दिएका छन् । तर, जहाजमा भएको के हो ? घटनाको यथार्थ जाँचबुझ गर्न मरिताको संयोजकत्वमा छानबिन उपसमिति गठन गरिएको उनले रातोपाटीलाई जानकारी दिए ।
उडान प्रभावित जहाज चरा ठोकिएर ग्राउण्डेड भएको एक हप्तापछि हिजो मात्र मर्मत पश्चात् मलेसियाको उडान भरेको थियो । भारतको बैंगलोरबाट प्राविधिक झिकाएर जहाज मर्मत गरेर बेलुका ८ बजे १५८ यात्रु बोकेर जहाज क्वालालम्पुर उडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण