९ अंकले बढेर नेप्से सूचक २१ सय ५४ अंकको विन्दुमा
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ९ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ९.९१ अंकले बढ्दै २१ सय ५४.०७ अंकको विन्दुमा उक्लिएको हो ।
अघिल्लो दिन ४७.०७ अंकले बढ्दै नेप्से सूचक २१ सय ४४.१६ अंकको विन्दुमा अडिएको थियो ।
यद्यपि, अघिल्लो दिन २ अर्ब ५६ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार हुँदै गर्दा आज बढेर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज बैंकिङ, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक बढ्दैगर्दा यता डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।
आज पनि बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लार्ज क्याप फन्डको मूल्य ५.१४ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण