आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा भीषण बाढी, पचास जनाको मृत्यु

मङ्गलबार, ०२ साउन २०८०, १५ : ४६
मङ्गलबार, ०२ साउन २०८०

सोल । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य ७ जना बेपत्ता भएका छन् । मंगलबार बिहान डुबेको बसबाट त्यसका चालकसहित चार जनाको शव निकालिएको थियो । 

सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको हो । ग्याङसङ प्रान्तमा चौतीस जना घाइते भएका छन् । देशभरका बाढीपहिरामा परी देशभर ५० जनाले ज्यान गुमाएका योनहाप समाचार समितिले जनाएको छ । 

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भू–भाग डुबानमा परेका छन् । आपत्कालीन सेवाका अधिकारीले देशका अन्य भागमा अन्य सात जनाले ज्यान गुमाएका बताएका छन् । गत साता पाँच सय मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो । 

जुलाई ९ देखि मध्य र तल्लो क्षेत्रमा पाँच सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।  गोन्जु र दक्षिण चुङचेओङ प्रान्तमँ छ सइ २६ मिलिमिटर, छेउङयाङ नजिकैको काउन्टीमा छ सय १४ मिलिमिटर , सेजोङको मध्य शहरमा पाँच सय ८० मिलिमिटर  र उत्तरको मुङयोङ र ग्योङसाङ प्रान्तमा पाँच सय २२ मिलीमिटर वर्षा भएको थियो ।  

उत्तरी ग्योङसाङ प्रान्तमा ७ जना बेपत्ता छन् । बाढीका कारण घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट आइतबार राति सातवटा शव निकालिएको थियो । 

अविरल वर्षाबाट प्रभावित १३ वटा सहरका दश हजार पाँच सय ७० जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या सात सय ८९ पुगेको छ भने निजी सम्पत्तिको पनि व्यापक नोक्सानी भएको छ । तीन सय ५२ वटा निजी सम्पत्तिमा बाढीले क्षति भएको, एक सय ४६ वटा सडक भत्किएका तथा एक सय ३९ घर  बगेका योनहाप समाचार समितिले जनाएको छ । एघार हजारभन्दा बढी बाढीपीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप