आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा सवारी साधन सञ्चालनमा रोक

मङ्गलबार, ०२ साउन २०८०, २२ : ३८
मङ्गलबार, ०२ साउन २०८०

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार साँझ पानीको बहाव १ लाख ४३ हजार ६९८ क्युसेक पुगेको छ । बिहान पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारी साधन आवागमन बन्द गरिएको थियो ।

महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप