मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा पर्खाल भत्किँदा आठ जना मजदुरको मृत्यु

बुधबार, ०३ साउन २०८०, १५ : २६
बुधबार, ०३ साउन २०८०

इस्लामावाद । अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधी भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा आठ जना मजदुरको मृत्यु हुनको साथै चारजना बेपत्ता भएका छन् । 

उद्धार सेवाका अधिकारीहरूका अनुसार रावलपिन्डीको गोलराह मोर क्षेत्रमा निर्माणाधीन भूमिगत मार्गको पर्खालमुनि सुतेका मजदुरमध्ये आठ जनाको शव भेटिएको र अन्य हराएका अन्य चार जनाको खोजी भइरहेको छ । 

दुर्घटनाको जानकारी पाउने वित्तिकै उद्धारकर्मी घटनास्थलमा पुगेर भग्नावशेषबाट आठ जनाको शव निकालिएको थियो । मजदुरका शव परीक्षणका निम्ति स्थानीय अस्पतालमा लगिएको उद्धार सेवाका एक अधिकारीले बताएका छन् ।-(रासस/सिन्ह्वा) 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप