पोर्नोग्राफी मुद्दामा फसेका थिए राज कुन्द्रा, अब बन्नेछ फिल्म ; आफैँ बन्नेछन् हिरो
शिल्पा शेट्टीका पिता तथा व्यापारी राज कुन्द्रा आफ्नो बलिउड डेब्युको तयारी गरिरहेका छन् । सन् २०२१ मा राज पोर्नोग्राफी मुद्दामा जेल जानुपरेको थियो । महिना दिनभन्दा बढी उनी आर्थर रोड जेलमा बसे । उनको जीवनको यो सबैभन्दा मुस्किल समय थियो । राज कुन्द्राले आफ्नो यो जीवनको कालो दिनबारे फिल्म बनाउने भारतीय सञ्चारमाध्यमले बताएको छ ।
राज कुन्द्रामाथि बन्नेछ फिल्म
पिंकभिलाको खबर अनुसार राज कुन्द्रा आफ्नो गिरफ्तारी र जेलमा बिताएको समयलाई फिल्ममार्फत पर्दामा उतार्दै छन् । स्रोतले भनेको छ, ‘सबैभन्दा भिडभाडयुक्त जेल आर्थर रोड जेलमा राज कुन्द्राले जुन मुस्किलको सामना गरे, ती सबैलाई फिल्ममा देखाइनेछ । निर्देशकको नाम खुलाइएको छैन । तर राज कुन्द्रा प्रोडक्सनदेखि स्क्रिप्टसम्म सबैमा समावेश हुनेछन् ।’
स्रोतले थपेको छ, ‘यो फिल्ममा राज कुन्द्राको पूरा यात्रालाई देखाइनेछ । उनीमाथि लागेको आरोपको पहिलो खबरदेखि मिडियाको रिपोर्टिङ, जेलमा बिताएको समय र घर फिर्तासम्मका सबै घटनाक्रम यो फिल्ममा हुनेछ । यो कहानी कुन्द्रा र उनको परिवारको दृष्टिकोणबाट हुनेछ ।’ यो फिल्मबारे छिटै नै घोषणा हुने बताइएको छ ।
सन् २०२१ मा पक्राउ परेका थिए
१९ जुलाई २०२१ मा राज कुन्द्रालाई पोर्नोग्राफी केसमा पक्राउ गरिएको थियो । उनले वयस्क फिल्म बनाउने र त्यसलाई ह्वाट्सएपमार्फत् बेच्ने गर्दथे । त्यसपछि यो घटनाले विभिन्न मोड दियो र उनलाई जेल सजाय पनि भयो । राज कुन्द्रा जेलमा ६३ दिन बसेका थिए । त्यसपछि उनले जमानत पाए र उनी घर फर्किए । राज सोसल मिडियाबाट टाढा छन् । यसका साथै, घरबाट बाहिर निस्कँदा उनी आफ्नो अनुहार छोप्ने गर्छन् ।
राज कुन्द्रा र शिल्पा शेट्टीले सन् २००९ मा विवाह गरेका थिए । यी दुईको सम्बन्ध र विवाहबारे धेरै नै चर्चा भयो । यी दुईका दुई सन्तान छन् । छोरा विआन र छोरी समिषा । शिल्पा र राजले छोरीको स्वागत सन् २०२० मा सरोगेसीको माध्यमले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण