श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे भारत भ्रमणमा
नयाँदिल्ली । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे भारतको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार दिल्ली आइपुगेका छन् । भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनले विक्रमासिङ्घेलाई विमानस्थलमा स्वागत गरेका थिए ।
श्रीलङ्काका राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा कलाकारले गुजराती नृत्यको एक रूप (गरबा) प्रदर्शन गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति विक्रमासिङ्घे भारतको औपचारिक भ्रमणमा आएका हुन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विक्रमासिङ्घेको भ्रमणले भारत र श्रीलङ्काबीचको लामो समयदेखिको साझेदारीलाई थप मजबुत बनाउने बताएका छन् ।
विक्रमासिङ्घेले पदभार ग्रहण गरेयता उनको यो पहिलो भारत भ्रमण हो । अरिन्दम बागचीले ट्वीटरमा लेखेका छन्, “श्रीलङ्काका राष्ट्रपतिको कार्यभार सम्हालेपछि विक्रमासिङ्घेले पहिलो पटक भारत भ्रमणमा आउनुभएकोमा हार्दिक स्वागत छ । यो भ्रमणले दुई मुलुकबीचको बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउनेछ ।”
भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति विक्रमासिङ्घेले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन् भने प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य भारतीय विशिष्ट व्यक्तिसँग पारस्परिक हितका विविध विषयमा छलफल हुनेछ ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “श्रीलङ्का भारतको छिमेक प्रथम नीति र भिजन सागरमा महत्वपूर्ण साझेदार हो । यो भ्रमणले दुई देशबीचको लामो समयदेखिको मित्रतालाई अझ प्रगाढ बनाउनुका साथै सबै क्षेत्रमा कनेक्टिभिटी र पारस्पारिक लाभकारी सहयोगका लागि मार्गको खोजी गर्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण