फिल्म ‘हिँड्दा हिँड्दै’ को गीतमा आकाश र रेखाको रोमान्स
काठमाडौंँ । ‘हिँड्दा हिँड्दै’ आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । प्रेमकथामा निर्माण भएको फिल्मको ‘हाँस्ने ओठहरु तिम्रा हुन्’ बोलको गीत सार्वजनिक भएको छ ।
रोमान्टिक शैलीमा तयार गीतमा सुगम पोखरेल र अञ्जु पन्तको युगल स्वर छ भने किरण माइकल घिमिरेको शब्द तथा संगीत छ । गीत फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहको अभिनय छ ।
मिलन आलमगर निर्देशित फिल्ममा सलोन बस्नेत, सानिया खान, विकास थापामगर, विमल श्रेष्ठ र बाल कलाकार अर्विन थिङ्गको पनि अभिनय छ ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण छ । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा राज लामा निर्मातामा छन् भने प्रमोदकुमार तामाङ र महादेश शाह सहनिर्मातामा छन् ।
आरआर फिल्मस्ले देशभर वितरण गर्न लागेको फिल्ममा सुमन कुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व, ताराप्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत तथा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
गतवर्ष केही असफल फिल्म दिएका आकाशले फिल्म ‘हिँड्दा हिँड्दै’ बाट व्यावसायिक सफलताको आश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण