ज्ञानेन्द्र कार्की भन्छन्– हाम्रा विपक्षी आक्रामक छन्, हामी अलमलमा छौँ
काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले विपक्षीहरू आक्रामक भए पनि नेपाली कांग्रेस अलमलमा रहेको टिप्पणी गरेका छन् । शुुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कार्कीले पार्टीको अहिलेको अवस्था के हो ? भनेर बुझ्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताए ।
उनले कांग्रेसको सभापति व्यक्ति नभएर संस्था भएको भन्दै सभापतिलाई कमजोर बनाउने मानसिकता कसैको भए आजैका मितिबाट त्यो मानसिकता त्याग्नुपर्ने बताए ।
‘म अहिले नाम लिन चाहन्नँ , तर हाम्रा विपक्षीहरू निकै आक्रामक ढङ्गले मैदानमा ओर्लेका छन् । हामी अलमलमा छौ’, उनले यस्तो अलमलले उल्टो बाटो हिँडिरहेको हो कि भन्ने चिन्ता र चासो सर्वत्र रहेको बताए ।
‘हामी उल्टो बाटो नहिँडौं, हामी सुल्टो बाटो हिँडौ । अहिलेको प्रतिकूलता र चुनौती के हुन् तिनलाई कसरी अवसरमा बदलेर कांग्रेसलाई एक ढिक्का बनाएर पुनर्जागरण गर्न सक्छौ त्यसबारे यो बैठक निष्कर्षमा पुग्छ भन्नेमा म विश्वस्त छु’, कार्कीको भनाई छ ।
उनले प्रतिकूलता र चुनौती बिर्सेर हिँडेमा काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर.... जस्तै हुने बताए । उनले अहिले पार्टीको नेता र संसदीय दलको नेता बदल्ने समय नभएको भन्दै यदि त्यसमा कसैको साँच भए आजैबाट त्याग्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण