शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका प्रदेश प्रमुख परियारले गरे रंगशालाको निरीक्षण

शुक्रबार, ०५ साउन २०८०, १५ : ४२
शुक्रबार, ०५ साउन २०८०

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले वीरेन्द्रनगरस्थित प्रदेश रंगशालाको अनुगमन गरेका छन् । शुक्रबार उनीसहित प्रदेश प्रमुखको कार्यालयको टोलीले रंगशालाको अनुगमन गरेको हो । 

अनुगमनका क्रममा परियारले रंगशालाको बस्तुस्थिती बुझेका थिए । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले वस्तुस्थितीबारे जानकारी गराएका थिए । 

प्रदेश रंगशालाको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । ०८१ मा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजनालाई लक्षित गर्दै भौतिक निर्माणको काम धमाधम भइरहेको परिषद्ले जनाएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप