बंगलादेशमा डेंगुबाट १५५ जनाको मृत्यु
ढाका । बंगलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको संख्या एक सय ५५ पुगेको बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको डिजीएचएसले दिएको तथ्यांकअनुसार जुलाईको पहिलो २० दिनमा गत महिना पाँच हजार नौ सय ५६ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट संक्रमित भएपछि देशभर डेंगुका १९ हजार पाँच सय ६९ संक्रमित थपिएका छन् ।
महानिर्देशनालयका अनुसार बिहीबार बिहान एकै दिन राजधानी ढाकामा आठ सय ४५ सहित कुल एक हजार सात सय ५५ नयाँ बिरामी थपिएका छन् । यो वर्षको प्रारम्भदेखि अहिलेसम्म बिरामीको कुल संख्या २७ हजार पाँच सय ४७ पुगेको छ ।
महानिर्देशनालयले सर्वसाधारणलाई झुलभित्र सुत्नेलगायत आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गर्दै लामखुट्टेको प्रजननस्थल पहिचान एवम् नष्ट गर्ने ‘एन्टी लार्भा’ अभियान सञ्चालन गरिएको बताएको छ ।-(रास /सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण