बंगलादेशमा डेंगुबाट १५५ जनाको मृत्यु
ढाका । बंगलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको संख्या एक सय ५५ पुगेको बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको डिजीएचएसले दिएको तथ्यांकअनुसार जुलाईको पहिलो २० दिनमा गत महिना पाँच हजार नौ सय ५६ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट संक्रमित भएपछि देशभर डेंगुका १९ हजार पाँच सय ६९ संक्रमित थपिएका छन् ।
महानिर्देशनालयका अनुसार बिहीबार बिहान एकै दिन राजधानी ढाकामा आठ सय ४५ सहित कुल एक हजार सात सय ५५ नयाँ बिरामी थपिएका छन् । यो वर्षको प्रारम्भदेखि अहिलेसम्म बिरामीको कुल संख्या २७ हजार पाँच सय ४७ पुगेको छ ।
महानिर्देशनालयले सर्वसाधारणलाई झुलभित्र सुत्नेलगायत आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गर्दै लामखुट्टेको प्रजननस्थल पहिचान एवम् नष्ट गर्ने ‘एन्टी लार्भा’ अभियान सञ्चालन गरिएको बताएको छ ।-(रास /सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति
-
प्रदेशसभामा ज्ञानबहादुरले राखे तामाङ भाषामा मन्तव्य
-
सङ्गठन निर्माणमा घनश्यामले देखेका ११ चुनौती (पूर्ण पाठसहित)
-
सरकारको स्थायित्व खोज्न नेतृत्वले आचरण परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल
-
उच्च अदालत अगाडि सुरक्षा व्यवस्था कडा, भिडभाड गर्न रोक
-
राजधानीका सवारी ट्रायल सेन्टर मापदण्ड विपरीत चलिरहेको सतर्कता केन्द्रको ठहर