आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको सचिवालय बैठक : माघ वा फागुनमा महाधिवेशन गर्ने निर्णय

शुक्रबार, ०५ साउन २०८०, २१ : ०२
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटीदेखि केन्द्रीय कमिटी बैठकसम्म बोलाउने निर्णय गरेको छ । गत शुक्रबार सुरु भएर आज सकिएको बैठकले साे निर्णय गरेको हो ।

बैठकले पार्टीको महाधिवेशन माघ वा फागुनमा गर्ने सहमति जुटाएको छ  । तर महाधिवेशनको मिति भने अब बस्ने केन्द्रीय कमिटी बैठकले तोक्नेछ ।

केन्द्रीय सचिवालयको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

त्यसका लागि सो पार्टीले साउन १५ गते सचिवालय बैठक, १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिट्ब्यूरो बैठक तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय सचिवालय बैठकले गरेको  छ ।  साउन १५ भित्र अहिले सचिवालय बैठकमा भएका छलफललाई मर्त रुप दिने पनि सो पार्टीले जनाएको छ ।

बैठकमा राजनीतिक र वैचारिक विषयमा छलफल भएकाे छ भने राष्ट्रिय इस्युमा एकीकृत धाराणा बनाएर अघि बढ्ने निष्कर्ष निकालिएको छ ।

बैठकले सरकार प्रभावकारी बन्न नसकेको ठहर गर्दै आगामी दिनमा सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जरुरी रहेको निष्कर्ष निकालेको  छ ।

साथै नेकपा एकीकृत समाजवादीले सिंगो मुलुकको विकास र सम्मृद्धिको योजना निर्माण र जनदवाव सिर्जना गर्ने केन्द्र बन्ने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप