एकीकृत समाजवादीको सचिवालय बैठक : माघ वा फागुनमा महाधिवेशन गर्ने निर्णय
काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटीदेखि केन्द्रीय कमिटी बैठकसम्म बोलाउने निर्णय गरेको छ । गत शुक्रबार सुरु भएर आज सकिएको बैठकले साे निर्णय गरेको हो ।
बैठकले पार्टीको महाधिवेशन माघ वा फागुनमा गर्ने सहमति जुटाएको छ । तर महाधिवेशनको मिति भने अब बस्ने केन्द्रीय कमिटी बैठकले तोक्नेछ ।
केन्द्रीय सचिवालयको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यसका लागि सो पार्टीले साउन १५ गते सचिवालय बैठक, १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिट्ब्यूरो बैठक तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय सचिवालय बैठकले गरेको छ । साउन १५ भित्र अहिले सचिवालय बैठकमा भएका छलफललाई मर्त रुप दिने पनि सो पार्टीले जनाएको छ ।
बैठकमा राजनीतिक र वैचारिक विषयमा छलफल भएकाे छ भने राष्ट्रिय इस्युमा एकीकृत धाराणा बनाएर अघि बढ्ने निष्कर्ष निकालिएको छ ।
बैठकले सरकार प्रभावकारी बन्न नसकेको ठहर गर्दै आगामी दिनमा सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जरुरी रहेको निष्कर्ष निकालेको छ ।
साथै नेकपा एकीकृत समाजवादीले सिंगो मुलुकको विकास र सम्मृद्धिको योजना निर्माण र जनदवाव सिर्जना गर्ने केन्द्र बन्ने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण