राजस्वले पत्र नपठाउँदा अघि बढेन गाल्ने र तौलिने प्रक्रिया
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुनको तौल कति छ भन्ने अझै यकिन भएको छैन । असार ३० मा हङकङबाट क्याथे प्यासेफिकको उडान मार्फत मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर ल्याएको ‘सुन’ राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
साउन ३ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको सुन करिब ८० देखी १ सय किलो रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले दाबी गरेका छन् । तर, उनले पत्र नपठाउँदा राष्ट्र बैङ्कले सुन गाल्ने र यकिन परिमाण निकाल्ने काम रोकिएको छ ।
सुन हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ बनाएर ल्याइएको थियो । राजस्व अनुसन्धान विभागले बरामद ८ पोका सुन राष्ट्र बैङ्कको टक्सार महाशाखामा पठाएको छ । राष्ट्र बैङ्कका अधिकारीहरूका अनुसार गालेपछि मात्रै सो सुनको परिमाण तौलिन मिल्छ । तर, गाल्ने प्रक्रिया सुरु गर्न राजस्व अनुसन्धान विभागको पत्र पठाउनुपर्छ । विभागको पत्र आएपछि मात्रै प्रक्रिया अघि बढाइने राष्ट्र बैङ्कको टक्सार महाशाखामा निर्देशक थानेश्वर आचार्यले रातोपाटीलाई बताए । उनले भने, ‘पत्रबिना गाल्ने लगायतका काम अघि बढ्दैन ।
सुना बरामद गरेको पाँचौँ दिनमा पनि राजस्व अनुसन्धान विभागले पत्र पठाएको छैन । पत्र किन पठाइएन् भन्ने रातोपाटीको प्रश्नमा महानिर्देशक ढुङ्गानाले भने, ‘पत्र बिस्तारै जान्छ ।’
सुनको परिमाण कत्ति छ भन्ने आम चासो भए पनि ढुङ्गानाले अनुसन्धानको विषय भन्न नमिल्ने बताएर उनले भने, ‘अनुसन्धान हुँदै छ, पत्र लगायतका काम प्रक्रियामा छ ।’
सुन तस्करीमा संलग्न आरोपमा १० जना विभागको कस्टडीमा छन् । उनीहरूमाथि उप–सचिवको नेतृत्वमा अनुसन्धान टिम गठन गरेर विभागले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण