दिल्ली : कोरियाली ब्लगरसँग ट्राफिक प्रहरीले पैसा लिइरहेको भिडियो रेकर्ड, हवलदार निलम्बित
दिल्ली ट्राफिक प्रहरीले आइतबार आफ्ना एक हवलदारलाई निलम्बन गरेको छ । कोरियन भ्लगरसँग पाँच हजार घुस लिएको आरोपमा उक्त कारबाही गरिएको हो । कोरियन भ्लगरले यो घटनाको भिडियो आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् ।
यस भिडियो सँगै भ्लगरले लेखेका छन् – त्यसैले तपाईंले भारतमा कार चलाउनु हुँदैन । भिडियोमा देख्न सकिन्छ कि कोरियन भ्लगर कारबाट कतै जाँदै गर्दा बाटोमा ट्राफिक प्रहरी जवानले रोक्छन् ।
यो हवलदारले केही पैसा मागे । प्रहरीले पाँच सय मागे होलान् भनेर भ्लगरले सोच्छन् तर उनले पाँच हजार भारु माग्छन् । भ्लगरले ५ हजार रुपैयाँ दिँदा प्रहरी हवलदार कुनै रसिद नदिई त्यहाँबाट हिँड्छन् ।
दिल्ली प्रहरीका पीआरओ सुमन नलवाले बीबीसीलाई भने – प्रहरीलाई निलम्बन गरिएको छ र विभागीय अनुसन्धान भइरहेको छ ।
FITVELY च्यानलको युट्युबमा १३ लाख सब्सक्राइबर छन् । उनले यो भिडियो अपलोड गर्दा यो क्लिप सामाजिक सञ्जालमा पनि शेयर भएको छ ।
ट्राफिक प्रहरीले ट्विटरमा यो क्लिपको प्रतिक्रिया दिएको छ ।
ट्राफिक प्रहरीको अफिसियल ह्यान्डलबाट लेखिएको थियो – सामाजिक सञ्जालमा पोस्ट गरेको सूचनालाई लिएर भिडियोमा देखिएका प्रहरीलाई निलम्बन गरिएको छ । भ्रष्टाचारमा प्रहरीको शून्य सहनशीलताको नीति छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण