कर्तव्यनिष्ठ भएर काम गर्न भैरहवा भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् ।
‘अहिले राजस्व कम उठेको छ, यसका धेरै कारण छन् । केही समयअघि आयात रोकियो, त्यो कारणले पनि भन्सार उठ्ती कम भयो । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठ्यो । सँगसँगै नाका र नाकाबाहिर दुरुपयोग गर्ने तथा अन्य उपाय उपयोग गरेर सामान भित्र्याउने प्रवृत्ति विद्यमान छन्’ यसलाई ख्याल गर्दै कर्तव्यनिष्ठ भएर काम गर्नुपर्यो’ कर्मचारीहरुलाई निर्देशन गर्दै अर्थमन्त्री डा.महतले भने ।
अर्थमन्त्री महतले सुरक्षा निकायसहितको समन्वय समिति समेत रहेकोमा कुनै कारणबाट राजश्व दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट प्रवेशलाई सरकारले गम्भीरताका साथ लिएको बताउँदै त्यस्तो कार्य भेटिए कडाभन्दा कडा कारबाही गरिने समेत चेतावनी दिए ।
‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरु हाम्रो राज्यसंयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलब भत्ताबाट तपाईंहरु सन्तुष्ट हुनुपर्छ’ भन्सारमा अनैतिक गतिविधिमा संलग्न नहुन आग्रह गर्दै अर्थमन्त्रीले महतले भने, ‘मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण