बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा बाढीले ट्रयाक्टरसहित चालकलाई बगायो

सोमबार, ०८ साउन २०८०, १४ : ४७
सोमबार, ०८ साउन २०८०

बाजुरा । बाजुरामा खोलामा आएको बाढीले बगाउँदा ट्रयाक्टर चालक बेपत्ता भएका छन् । 

मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली खोलाको बाढीले गए राति से २ त ३२२५ नम्बरको ट्रयाक्टर बगाउँदा चालक डुबनारायण चौधरी बेपत्ता भएको प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । प्रहरीले बेपत्ता चालक चौधरीको खोजी गरिरहेको छ । 

कोल्टीबाट मार्तडी आउँदै गरेको ट्रयाक्टर खोलामा ढुङ्गामा अड्किए पनि चालक चौधरी भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप