सम्पदाहरूको संरक्षण गर्न सरकार गम्भीर छ : मन्त्री किराँती
बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विभिन्न सम्पदाहरूको खोजी गरी संरक्षण गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
लुम्बिनी विकास कोषको परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरूले जोगाएको सम्पदालाई मौलिक रूपमा नै संरक्षण गर्नुपर्ने बताए।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका किराँतीले सम्पदाहरूलाई संस्कृति र प्रकृतिमैत्री रूपमा विकास गर्नुपर्ने बताए । पुर्खाले छाडेर गएका सम्पदाहरूको खोजी गरेर सम्पदालाई सम्पदाकै रूपमा विकास गर्ने नीति सरकारले लिने मन्त्री किराँतीले रहेको बताए ।
उनले मन्त्रालय सम्हालेको ६ महिनामा लुम्बिनीमा जति ध्यान दिनुपर्ने त्यति दिन नसकेको बताए । ऐन नियमहरूलाई समयअनुकल बनाउन पुनर्लेखन र संशोधन गर्ने, मन्त्रालय मातहत रहेका ऐन कानुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बोक्न सक्ने गरी संशोधन गर्ने, मन्त्रालय मातहतका विभागहरूमा देखिनेसरि परिणाममुखी काम गर्ने र आधारभूत रूपमा भएका कामहरूको मसिनो गरी फलो अप गर्ने उनले बताए । परिषद् बैठकको उद्घाटन सत्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई सुगन्धको रूपमा विश्वसामु चिनाउनुपर्ने बताइन् । उनले लुम्बिनी पवित्र स्थलका रूपमा विकास गर्नका लागि सबै पक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिइन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले कोषमा रहेका विभिन्न नीतिगत समस्याहरू हल भएको र गुरुयोजनाका कामहरू पूरा हुने चरणमा रहेको बताए । उनले गुरुयोजनाको काम अबको ३ वर्षमा सम्पन्न हुने र त्यसका लागि ३ अर्ब बजेट आवश्यक पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण