विमानस्थल भन्सारबाट बरामद ६ वटा बाकसमा भेटिएन सुन
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागको टोलीले साउन ४ मा ६ वटा शंकास्पद बाकस बरामद गरेको थियो । तस्करीको सुन भएको आशंकामा बरामद सामानमा सुन फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् ।
बरामद सामान बुढानिलकण्ठस्थित ‘रेडी ट्रेड प्रालि’ र ‘दोलखा इलेक्ट्रिक’ ले कार्गोमार्फत ल्याएका थिए । ती बाकसमा दाह्री काट्ने ‘सेभर’ भटिएको र त्यहाँ सुन फेला नपरेको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्– ‘सोमबार बाकस खोल्दा सुन फेला परेन ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ‘रेड ट्रेड प्रालि’ ले मगाएको थियो । सोही कम्पनीको थप सामान भेटिसँगै थप अवैध सुन भएको आशंकामा विभागले सामान बरामद गरेको थियो ।
असार ३० मा हङकङकबाट क्याथे प्यासेफिकको उडानमार्फत रेडी ट्रेडले ‘ब्रेक प्याड’ भनेर ल्याएको सामानमा करिब १ सय किलो सुन भेटिएको छ । त्यसबारे सशस्त्र प्रहरीको सहयोगमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । बरामद सुनको यकिन तौल आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण