मस्कोमा भएको ड्रोन हमलामा युक्रेन जिम्मेवार : रुस
सोमबार, ०८ साउन २०८०, १६ : ५७
मस्को । राजधानी मस्कोमा भएको ड्रोन आक्रमणमा युक्रेन जिम्मेवारी रहेको रुसले आरोप लगाएको छ । सोमबार बिहान भएको सो हमलामा कम्तिमा दुईवटा भवनमा क्षति पुगेको छ ।
रुसको रक्षा मन्त्रालयले दुईवटा ड्रोनहरु भवनहरुमा ठोक्किएको तर त्यसबाट कुनै पनि मानवीय क्षति नभएको जानकारी दिएको छ । रुसको राज्यद्वारा सञ्चालित तास न्युज एजेन्सीले एउटा ड्रोन मन्त्रालय नजिक खसेको बताएको छ ।
रुसको आरोपबारे युक्रेनका अधिकारीहरुले प्रतिक्रिया दिएका छैनन् । रुसमा भएको घटनाबारे उनीहरुले बिरलै जिम्मेवारी लिने गरेका छन् । पछिल्लो समय रुसले पनि युक्रेनको ओडेसा क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन आक्रमणहरु गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण