सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मस्कोमा भएको ड्रोन हमलामा युक्रेन जिम्मेवार : रुस

सोमबार, ०८ साउन २०८०, १६ : ५७
सोमबार, ०८ साउन २०८०

मस्को । राजधानी मस्कोमा भएको ड्रोन आक्रमणमा युक्रेन जिम्मेवारी रहेको रुसले आरोप लगाएको छ । सोमबार बिहान भएको सो हमलामा कम्तिमा दुईवटा भवनमा क्षति पुगेको छ ।

रुसको रक्षा मन्त्रालयले दुईवटा ड्रोनहरु भवनहरुमा ठोक्किएको तर त्यसबाट कुनै पनि मानवीय क्षति नभएको जानकारी दिएको छ । रुसको राज्यद्वारा सञ्चालित तास न्युज एजेन्सीले एउटा ड्रोन मन्त्रालय नजिक खसेको बताएको छ ।

रुसको आरोपबारे युक्रेनका अधिकारीहरुले प्रतिक्रिया दिएका छैनन् । रुसमा भएको घटनाबारे उनीहरुले बिरलै जिम्मेवारी लिने गरेका छन् ।  पछिल्लो समय रुसले पनि युक्रेनको ओडेसा क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन आक्रमणहरु गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप