विद्यालय व्यवस्थापन समिति भंग गर्ने काठमाडौँ महानगरको निर्णयविरुद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय व्यवस्थापन समिति भंग गरेकोप्रति विरोध सुरु भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले अभिभावकहरुको प्रत्यक्ष सहभागितामा विद्यालय व्यवस्था समिति चयन हुनुपर्ने भन्दै महानगरको निर्णयको विरोध गरेको हो ।
महासंघले महानगरको निर्णयका विरुद्धमा संघर्ष गर्ने भएको छ । संघर्ष गर्नुका साथै महासंघले कानुनी उपचार पनि खोज्ने अध्यक्ष गुणराज मोक्तानले बताए । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा रहेका विद्यालय व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको थियो । अभिभावकहरुबाट चयन भएका समिति भंग गरेर महानगरले वडाअध्यक्षको अध्यक्षतामा समिति बनाउने निर्णय गरेको थियो ।
यो क्षेत्रका सरोकारवाला निकायले महानगरको उक्त कदमको विरोध गर्न थालेका हुन् । कोटेश्वरको संस्कृति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ ।
यस्तै महासंघले काठमाडौँ महानगरलाई ज्ञापनपत्र समेत बुझाइएको छ । उनीहरुले महासंघमार्फत उपमेयर सुनिता डंगोललाई ज्ञानपपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै अभिभावकमार्फत मात्रै व्यवस्थापन समिति चयन हुने व्यवस्था मिलाउन माग गरिएको छ ।
उनीहरुले वडाअध्यक्ष स्वतः अध्यक्ष हुने निरंकुश व्यवस्थालाई खारेज गर्न माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै महानगरका उपप्रमुख डंगोलले छलफल गर्ने बताएकी थिइन् । साथै महासंघले कानुनी उपचार पनि खोज्नुपर्छ भन्ने विषयमा कानुन व्यवसायीहरुसँग छलफल भइरहेको अध्यक्ष मोक्तानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला
-
कानुन निर्माणमा संसदीय समितिको प्रभावकारी भूमिका नभएको भन्दै सांसदहरुको असन्तुष्टि
-
‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार
-
गीतको म्युजिक ट्रयाक अनधिकृत प्रयोग नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
-
पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ : सभापति देउवा
-
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा