विद्यालय व्यवस्थापन समिति भंग गर्ने काठमाडौँ महानगरको निर्णयविरुद्ध आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय व्यवस्थापन समिति भंग गरेकोप्रति विरोध सुरु भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले अभिभावकहरुको प्रत्यक्ष सहभागितामा विद्यालय व्यवस्था समिति चयन हुनुपर्ने भन्दै महानगरको निर्णयको विरोध गरेको हो ।
महासंघले महानगरको निर्णयका विरुद्धमा संघर्ष गर्ने भएको छ । संघर्ष गर्नुका साथै महासंघले कानुनी उपचार पनि खोज्ने अध्यक्ष गुणराज मोक्तानले बताए । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा रहेका विद्यालय व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको थियो । अभिभावकहरुबाट चयन भएका समिति भंग गरेर महानगरले वडाअध्यक्षको अध्यक्षतामा समिति बनाउने निर्णय गरेको थियो ।
यो क्षेत्रका सरोकारवाला निकायले महानगरको उक्त कदमको विरोध गर्न थालेका हुन् । कोटेश्वरको संस्कृति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ ।
यस्तै महासंघले काठमाडौँ महानगरलाई ज्ञापनपत्र समेत बुझाइएको छ । उनीहरुले महासंघमार्फत उपमेयर सुनिता डंगोललाई ज्ञानपपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै अभिभावकमार्फत मात्रै व्यवस्थापन समिति चयन हुने व्यवस्था मिलाउन माग गरिएको छ ।
उनीहरुले वडाअध्यक्ष स्वतः अध्यक्ष हुने निरंकुश व्यवस्थालाई खारेज गर्न माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै महानगरका उपप्रमुख डंगोलले छलफल गर्ने बताएकी थिइन् । साथै महासंघले कानुनी उपचार पनि खोज्नुपर्छ भन्ने विषयमा कानुन व्यवसायीहरुसँग छलफल भइरहेको अध्यक्ष मोक्तानले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण