सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

मकवानपुरमा एसपी सिताराम रिजालको काज सरुवा

मङ्गलबार, ०९ साउन २०८०, ११ : २५
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरको इन्चार्जमा प्रहरी उपरीक्षक सिताराम रिजाललाई खटाइएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई सोमबार मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको हो ।

मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण गौतमले अवकाश पाएसँगै रिजाललाई मकवानपुरमा पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।

प्रहरी उपरीक्षक सिताराम रिजाल जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप