शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय समिति बैठक भारदारी सभाजस्तो भयो : गुरुराज घिमिरे

मङ्गलबार, ०९ साउन २०८०, १६ : १५
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताएका छन् ।  

मंगलबार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भएको बताएका हुन् । 

नेता घिमिरेले महाराजको इशारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरे अनुरुप बोल्ने गरिएको बताए । उनले पार्टी केन्द्रीय कार्य समिति भारदारी सभा नभएको भन्दै चेतावनी पनि दिए ।

नेता घिमिरेले कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण आफ्नै कर्मका कारण भ्रष्टाचार मुद्दामा मुछिएको बताए । आफ्नै कर्मका कारण मुद्दा लागेको भन्दै खाणलाई दुःख नपरेको उल्लेख गरे ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप