शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमालेले बोलायो संसदीय दलको बैठक

बुधबार, १० साउन २०८०, ११ : ०६
बुधबार, १० साउन २०८०

काठमाडौँ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । 

‘१२ बजे दलको बैठक बोलाइएको छ । संसद भवन बानेश्वरमा बस्ने बैठकले तस्करीको सुन प्रकरणबारे धारणा बनाउँछ’, एमाले प्रमुख सचेतक पदम गिरीले रातोपाटीसँग भने, ‘छलफलपछि संसदमा पार्टीको प्रस्तुति के हुन्छ भन्ने टुंगो लाग्छ ।’

प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइएको छ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले कम्बोडियाबाट फर्केलगत्तै एयरपोर्ट भन्सारबाट पास भएर राजश्व अनुसन्धान विभागले समातेको झण्डै एक क्विन्टल सुनबारे गृहमन्त्रीको जवाफ माग्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप