एमालेले बोलायो संसदीय दलको बैठक
बुधबार, १० साउन २०८०, ११ : ०६
काठमाडौँ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।
‘१२ बजे दलको बैठक बोलाइएको छ । संसद भवन बानेश्वरमा बस्ने बैठकले तस्करीको सुन प्रकरणबारे धारणा बनाउँछ’, एमाले प्रमुख सचेतक पदम गिरीले रातोपाटीसँग भने, ‘छलफलपछि संसदमा पार्टीको प्रस्तुति के हुन्छ भन्ने टुंगो लाग्छ ।’
प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले कम्बोडियाबाट फर्केलगत्तै एयरपोर्ट भन्सारबाट पास भएर राजश्व अनुसन्धान विभागले समातेको झण्डै एक क्विन्टल सुनबारे गृहमन्त्रीको जवाफ माग्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण