त्रिवि स्ववियु अध्यक्ष ओझाले हटाए छात्रावासबाट सेवा आयोग
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई बसिरहेको भवनबाट हटाएको छ । अध्यक्ष विहीन सेवा आयोग छात्राबास हडपेर मात्रै बसेको भन्दै त्यहाँबाट हटाइएको त्रिवि स्ववियु अध्यक्ष श्यामराज ओझाले बताए ।
सेवा आयोगबाट हुने कर्मचारी नियुक्ति प्रक्रिया वर्षौसम्म रोकिएकोले बाध्य भएर आयोगलाई छात्रावासबाट जबर्जस्ती निकाल्नुपरेको ओझाको दाबी छ । ‘छात्रावास बनाउने प्रयोजनका लागि निर्माण गरिएको भवनमा सेवा आयोग राखिएको र कीर्तिपुर पढ्ने छात्राहरुलाई होस्टेलको अभाव भएकोले हामीले पटकपटक अह्वान गर्दागर्दै पनि विश्वविद्यालयले बेवास्ता गरेका कारण जबर्जस्ती गर्नुपरेको हो,’ सभापति ओझाले भने ।
विश्वविद्यालयका पदाधिकारीहरुले सार्वजनिक कार्यक्रममै स्ववियुको दबाब पश्चात जेठभित्र खालि गर्ने भने पनि साउनसम्म खाली नगरेका कारण जबर्जस्ती गर्नु परेको उनले बताए । ‘हामीलाई हर हालतमा विद्यार्थीलाई सुविधा र सेवा आयोगलाई चुस्तदुरुस्त बनाउनु छ। अहिले जति पनि ढिलासुस्ती भैरहेको छ, लापरबाही र अनियमितता भैरहेको छ त्यसको केहि हिस्सा दोष सेवा आयोगले पनि लिनुपर्छ,’ उनले भने ।
सेवा आयोगको अध्यक्ष एक वर्षसम्म नियुक्त नहुँदा पनि त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्रीले ध्यान नदिएका उनको गुनासो छ । अहिले नयाँ योग्य कर्मचारी, प्राध्यापक नियुक्ति गर्ने कार्य ठप्प भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवा आयोग अध्यक्ष रोकेर बसेको ओझाको आरोप छ । ‘यसरी विश्वविद्यालय चल्दैन भनेर हामीले आन्दोलन गरेका हौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण