तेस्रो दिन पनि घट्यो नेप्से, नेप्से सूचक २१ सय ५६ अंकको विन्दुमा
बुधबार, १० साउन २०८०, १५ : २२
काठमाडौँ । मौद्रिक नीतिपछि लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से तेस्रो दिन पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ८.११ अंकले घट्दै २१ सय ५६.२० अंकको विन्दुमा ओर्लिएको छ । आजसम्म गरी तीन दिनमा ७० अंकमाथिले नेप्से सूचक घटेको हो ।
नेप्से सूचकमा गिरावट आउँदै गर्दा यता कारोबार समेत खस्किन पुगेको छ । नेप्सेका अनुसार आज ८ अंकले घटेको बजारमा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको ७३ लाख ९९ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।
आज १३ वटा उपसूचकमध्ये फाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् ।
किसान लघुवित्त वित्तीय संस्थका सेयरधनीले आज अधिकतम ६.९६ प्रतिशतले कमाएका छन् भने जाल्पा सामुदायिक वित्तीय संस्थाका सेयरधनीले ६.४९ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण