तोडियो निर्मल पुर्जाको कीर्तिमान
काठमाडौँ । एक नर्वेजियन महिला र उनको नेपाली गाइडले विश्वका ८ हजार मिटरमाथिका १४ वटा हिमालको सबैभन्दा चाँडो सफल आरोहणको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । क्रिस्टिना हारिला र तेन्जिन शेर्पा (लामा)ले पाकिस्तानको केटू हिमाल आरोहण गर्दै यो उपलब्धि मात्र ३ महिना एक दिनमा हासिल गरेका हुन् ।
यसअघि यो कीर्तिमान नेपाली मूलका बेलायती पर्वतारोही निर्मल पुर्जाको नाममा रहेको थियो । पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा यो कीर्तिमान राखेका थिए । पुर्जा अहिले सबै १४ वटा हिमाल बिना अक्सिजन सबैभन्दा चाँडो आरोहण गर्ने प्रयासमा रहेका छन् ।
विश्वका ४० भन्दा बढी पर्वतारोहीहरूले विश्वका सबैभन्दा अग्ला १४ वटा शिखरको आरोहण गरेका छन् । यसमध्ये थोरै मात्र महिला रहेका छन् ।
३७ वर्षीया हारिला सशक्त पर्वतारोही भए पनि यो अभियानका लागि प्रायोजक पाउनै उनलाई धौ–धौ परेको थियो । यसका लागि उनले आफ्नो अपार्टमेन्ट नै बेच्नुपरेको थियो ।
‘यदी म पुरुष भएको भए, यो अभियान गर्न सहज हुन्थ्यो होला,’ उनले गत मेमा एएफपीसँग कुरा गर्दै भनेकी थिइन्, ‘यो संसारमा महिला हुनु अर्कै छ, प्रयोजनको सवालमा मात्र होइन ।’
हारिला नर्वेको उत्तरमा रहेको भास्डोकी बासिन्दा हुन् । त्यहाँको सबैभन्दा अग्लो भूभाग भनेको मात्र ६३३ मिटरको रहेको छ । त्यसैले उनले सानैदेखि पर्वतारोहण सुरु गरेकी होइनन् । फुटबल, ह्यान्डबल र क्रस कन्ट्री दौडमा सहभागी भएकी उनी सन् २०१५ मा तान्जानियाको किलिमन्जारो पुगेपछि मात्र पर्वतारोहण सुरु गरेकी हुन् ।
उता तेन्जिन भने १६ वर्षको उमेरदेखि गाइडको रूपमा काम गर्दै आएका छन् । उनी यो अभियानमा हारिलाको महत्त्वपूर्ण सहयोगीका रूपमा रहेको उनको टीमले आफ्नो विज्ञप्तिमा जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण