शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

लाजिम्पाटमा चिनियाँ बस्ने घरमा राजस्वको छापा

बिहीबार, ११ साउन २०८०, १७ : ३९
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्वले छापा मारेको छ । विमानस्थलबाट बरामद गरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरिएको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

घरमा जिक्वाङसहित अरु २ जना चिनियाँ नागरिक बस्दै आएका थिए । राजस्वको टोलीले सो घरबाट कागजात र केही सामान बरामद गरेको छ ।

साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’मा संलग्न आरोपमा जिक्वाङ लिन यसअघि नै पक्राउ परेका छन् । तस्करीमा संलग्न अराोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप