आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘कर्णाली सुनको थाली हो’

बिहीबार, ११ साउन २०८०, २० : ३१
बिहीबार, ११ साउन २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली ‘सुनको थाली’ भएको बताएका छन् । बिहीबार कृषि मन्त्रालयद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

मुख्यमन्त्री शर्माले व्यवस्थापकिय पाटो भने कमजोर रहेको बताए ।

रैथाने बालीमा आत्मनिर्भरता बढाउन संघ र प्रदेश सरकारले रासायनिक मलको अनुदानमा हेरफेर गरी प्रांगारिक कम्पोष्ट मल तथा जैविक मलमा अनुदान वृद्धि गर्नुपर्ने बताए । 

‘कर्णाली गरिब छ कर्णालीमा खाद्य बस्तुको अभाव छ,’ उनले भने,‘यो संकटमा कर्णाली प्रदेश अर्ग्यानिक बनाउने हामी माझ चुनौतीको पहाड छ ।’

उनले कर्णालीको मूल्यवान् बस्तु उत्पादन गर्नुपर्ने बताए । ‘कर्णाली जे बेच्छ मूल्यवान् बस्तु नै बेच्छ’ भन्ने अभियानमा सबै नागरिकलाई उत्पादनमा लाग्न प्रेरित गर्नुपर्ने शर्माको भनाइ छ । ‘अहिले बजारमा रैथाने खाद्यान्न बस्तुको माग बढेको छ,’ उनले भने,‘तर, बजार सुनिश्चित छैन । बजार त बिचौलियाको कब्जामा छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप