‘कर्णाली सुनको थाली हो’
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली ‘सुनको थाली’ भएको बताएका छन् । बिहीबार कृषि मन्त्रालयद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री शर्माले व्यवस्थापकिय पाटो भने कमजोर रहेको बताए ।
रैथाने बालीमा आत्मनिर्भरता बढाउन संघ र प्रदेश सरकारले रासायनिक मलको अनुदानमा हेरफेर गरी प्रांगारिक कम्पोष्ट मल तथा जैविक मलमा अनुदान वृद्धि गर्नुपर्ने बताए ।
‘कर्णाली गरिब छ कर्णालीमा खाद्य बस्तुको अभाव छ,’ उनले भने,‘यो संकटमा कर्णाली प्रदेश अर्ग्यानिक बनाउने हामी माझ चुनौतीको पहाड छ ।’
उनले कर्णालीको मूल्यवान् बस्तु उत्पादन गर्नुपर्ने बताए । ‘कर्णाली जे बेच्छ मूल्यवान् बस्तु नै बेच्छ’ भन्ने अभियानमा सबै नागरिकलाई उत्पादनमा लाग्न प्रेरित गर्नुपर्ने शर्माको भनाइ छ । ‘अहिले बजारमा रैथाने खाद्यान्न बस्तुको माग बढेको छ,’ उनले भने,‘तर, बजार सुनिश्चित छैन । बजार त बिचौलियाको कब्जामा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण