६० वर्षको उमेरमा ३० झैँ देखिन चाहनुहुन्छ ? दिनहुँ खानुहोस् यो चिज
ड्राईफ्रुट्सको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । त्यसै गरी मखाना पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । रक्तअल्पता हटाउन, शरीरलाई बलियो बनाउनुका साथै मखाना छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्ट पाइन्छन् । आज हामी तपाईंलाई मखानाका फाइदाहरू बताउनेछौँ ।
१. छालालाई स्वस्थ राख्छ
हेल्थलाइनमा प्रकाशित समाचार अनुसार मखानामा धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्ट पाइन्छन् । यसमा धेरै अमिनो एसिड पनि छन् । यी तत्त्व एन्टी–एजिङ गुणका लागि परिचित छ । यसमा ग्लुटामाइन, सिस्टीन, आर्गिनिन र मेथियोनिन पनि पाइन्छन् । यी छालाका लागि निकै फाइदाजनक हुन्छन् । दैनिक मखाना खाँदा छाला स्वस्थ रहन्छ । यसले फ्री रेडिकललाई हटाएर छालालाई चम्किलो राख्छ । यसको प्रयोगले अनुहारको दाग हट्छ । मखानामा पाइने ग्लुटामिन कोलाजेनमा पाइने अमिनो एसिड प्रोलाइन उत्पादन गर्न प्रयोग गरिन्छ । यसले छालालाई जवान राख्नमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
२. मुटुलाई स्वस्थ राख्छ
मखाना मुटुका लागि निकै फाइदाजनक हुन्छ । मखानामा धेरै एन्टिअक्सिडेन्ट गुण पाइन्छन् । जुन मुटुको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसको नियमित सेवनले रक्तचाप पनि नियन्त्रण गर्न सकिन्छ ।
३. मधुमेह नियन्त्रण
दैनिक खाली पेट मखाना खाँदा मधुमेह नियन्त्रणमा रहन्छ । मधुमेहका बिरामीका लागि मखाना राम्रो खाना मानिन्छ ।
४. तौल घटाउन सहयोगी
मखानाको दैनिक सेवनले तौल नियन्त्रण गर्छ । यदि तपाईं पनि तौल घटाउन चाहनुहुन्छ भने दैनिक खाली पेटमा मखाना खानुहोस् । यसमा पाइने तत्त्व तौल घटाउनका लागि फाइदाजनक हुन्छ । यसको सेवनले दिनभरको भोक कम हुन्छ र शरीरमा पोषक तत्त्वको कमी पनि हुन दिँदैन ।
५. पाचन प्रणालीलाई बलियो बनाउँछ
मखानामा फाइबर, क्याल्सियम, आइरन फस्फोरस लगायत धेरै पोषक तत्त्वहरू पाइन्छ । यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यसले पाचन प्रणाली सुधार गर्न र शरीर बलियो बनाउन मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण