आन्दोलनरत कोरिया रिटर्नीहरूसँग ५ बुँदे सहमति
काठमाडौँ । आन्दोलनरत कोरिया रिटर्नीहरू र ईपीएस कोरिया शखाबीच पाँच बुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका रिटर्नीहरूसँग एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपालको रोहबरमा सहमति भएको हो ।
विगत केही महिनादेखि ईपीएस प्रणालीबाट कोरिया गएका रिटर्नीहरूले रोस्टरमा भएका कामदारहरूलाई पुनः कोरिया जान पाउने वातावरण बनाउन माग गर्दै आएका थिए ।
सहमती भएसँगै आन्दोलनलका कार्यक्रम फिर्ता लिएका छन् । सहमति अनुसार सीबीटी परीक्षा सम्बन्धी सूचनाको आधारमा ईपीएस कोरिया शाखा र रिटर्नी समूहबीच असार १० गते भएको सहमति कार्यान्वयन गर्न पहल गर्ने तथा सीबीटी परीक्षा रिटर्नीहरूको लागि भएकाले स्वस्फूर्त रूपमा सहभागी हुने निर्णय गरिएको छ ।
त्यस्तै परीक्षा सञ्चालनमा कोही कसैले कुनै किसिमको बाधा अवरोध नगर्ने नगराउने तथा विभिन्न खालका मित्थ्या समाचारहरूको दुवै पक्षले प्रतिबाद गर्ने सहमति भएको छ ।
कोरिया रिटर्नी समूहले कार्यालयमा पेश गरेका मागहरूलाई श्रम मन्त्रालय मार्फत कूटनैतिक पहल गरी कार्यान्वयनको पहल गर्न अनुरोध गर्ने सहमति भएको छ ।
कोरिया रिटर्नीहरूले कोरिया पठाउने क्रममा आफुहरूलाई अन्याय भएको भन्दै आन्दोलन गर्दै आएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कमिटेड (प्रतिबद्ध) मा छानिएका कामदारहरूले ईपीएस कार्यालयमा प्रदर्शन गर्दै आएका थिए ।
समयमै कोरिया नपठाएको तथा आर्थिक चलखेल गर्दै आफूहरूको फाइल अगाडि नबढाएको भन्दै उनीहरूले प्रदर्शन गर्दै आएका हुन् । पाँच वर्ष कोरियामा काम गरेर फर्केर आएकाहरूले सन् २०२२ मा पुनः परीक्षा दिएर पास भई कोरिया जान प्रतीक्षारत थिए । तर, अहिलेसम्म उनीहरूको नाम नआएपछि सरकारविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
कोरियाबाट फर्किएका ३५०० देखि ४ हजारको हाराहारीमा रिटर्नीहरू छन् । २०२२ मा युबीटी परीक्षामा पास भएका परीक्षार्थीहरूले ईपीएस कोरिया शाखामा प्रदर्शन गर्दै आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण