भाजपाको निमन्त्रणामा दिल्ली गएको माओवादी टोली स्वदेश फर्कियो
काठमाडौं । नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा साता दिन अघि नयाँ दिल्ली गएको माओवादी केन्द्रको टोली स्वदेश फर्केको हो ।
पार्टी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली गएको टोली शुक्रबार राति स्वदेश फर्किएको हो । भुषाल नेतृत्वको सो टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरु सुरेशकुमार राई र रामेश्वरराय यादव रहेका थिए ।
साता ब्यापी नयाँ दिल्ली भ्रमणमा भुषाल नेतृत्वको टोलीले भाजपा अध्यक्ष जगतप्रकाश नड्डा, केन्द्रिय मन्त्री स्मृति इरानीलगायतसँग पार्टी मुख्यालयमा भेटवार्ता गरेको थियो । दुई पार्टी बिच भाइचार सबन्ध बिस्तार गर्नका लागि भाजपाले माओवादी केन्द्रलाई निम्तो दिएको थियो । भाजपाले विश्वभरीका राजनीतिक दलसँग सबन्ध विस्तारका लागि बिभिन्न देशका पार्टीहरुलाई निमन्त्रणा गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण