माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
शनिबार, १३ साउन २०८०, ११ : ०५

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका हुन् ।
आज बस्ने बैठकले साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने भएको छ । यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो । सोही एजेन्डालाई अन्तिम रूप दिन बालुवाटारमा बैठक बस्न लागेको उपाध्यायको भनाई छ ।
साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश