के तपाईंको पनि राति सुत्दा खुट्टा बाउँडिने समस्या छ ?
काठमाडौँ । रातमा खुट्टाको मांसपेशी बाउँडिदा (क्र्याम्प हुँदा), विशेष गरी फिला र तिघ्रामा, केही सेकेन्डका लागि यस्तो कडा दुखाइ हुन्छ कि सहन नै गाह्रो हुन्छ। तपाईंको रातको निद्रा बिगार्न बाहेक यसले तपाईंको दिन-दिनको कामलाई असर गर्न सक्छ।
यद्यपि, त्यस्ता क्र्याम्पहरू केही सेकेन्डको लागि मात्र रहन्छ र आफैँ आराम पनि हुन्छ। तर धेरै पटक यसले केही मिनेटसम्म मांसपेशीमा सङ्कुचन गरिरहन्छ ।
बाउँडिने कारण के हो ?
क्लिभरल्याण्ड क्लिनिकका अनुसार, सामान्यतया स्नायु डिस्चार्ज, खुट्टाको मांसपेशीमा रक्त प्रवाह नहुँदा, तनाव, वा अत्यधिक व्यायामको कारणले यस्तो हुन्छ। लामो समयसम्म डेस्कमा काम गर्ने, मांसपेशीको अत्यधिक प्रयोग गर्ने, कङ्क्रिटको भुइँमा हिँड्ने, खराब मुद्रामा बस्ने, मिर्गौला फेल, मधुमेहका कारण नसामा क्षति, खनिज पदार्थको कमी तथा रक्तसञ्चारमा समस्याका कारण पनि खुट्टा बाउँडिने गर्छ।
यदि तपाईँको खुट्टामा क्र्याम्प छ भने तुरुन्तै बुढी औँला समातेर खुट्टा तन्काउनुहोस्। यदि तिघ्रामा क्र्याम्प छ भने उभिनुहोस् र जिउ तन्काउनुहोस्। मांसपेशीमा क्र्याम्प हुने बित्तिकै हात वा मसाजरको सहायताले त्यो ठाउँमा थिचेर मांसपेशीलाई मसाज गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण