किसानले भोग्दै आएको समस्या समाधान हुनुपर्छ : डा.सिके राउत
सप्तरी । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत)ले प्रत्येक वर्ष किसानले खेतीको समयमा भोग्दै आएको समस्या समाधान हुनुपर्ने बताएका छन् ।
सप्तरीको राजविराजमा आज आयोजित पार्टी प्रवेश, सङ्गठन सुदृढीकरण अभियान तथा प्रशिक्षण कार्यक्रममा उनले खेतीका समयमा मधेसका किसान मल पाउनबाट बञ्चित हुने गरेको उल्लेख गर्दै त्यस्ता समस्या समाधान हुनुपर्ने बताए ।
तराई अन्नका भण्डार भएकाले यहाँ सिँचाइ सुविधाको राम्रो व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष डा.रावतले खेती गर्ने समयमा पानी नपाएर तराईका किसान निरास हुने गरेको उल्लेख गरे ।
सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका डा.राउतले मुलुकमा व्याप्त सिन्डिकेट प्रथाका कारण ठूला उद्योगधन्दा स्थापित हुन नसकेको जिकिरसमेत गरे ।
आफूले रासायनिक मलको कारखाना नेपालमा स्थापनाका लागि भारत र जर्मनी सरकारसँग पहल गरेको दाबी गर्दै भारत सरकारले समेत नेपालमा रासायनिक मल कारखाना स्थापनाका बारेमा सकारात्मक सन्देश दिएको उनले बताए ।
अहिले तराई मधेसका ऊर्जावान युवा विदेशमा पसिना बगाइरहेको भन्दै यही ठूला उद्योगको स्थापना गरेर भए पनि रोजगारी सिर्जना गरेमा देशले पनि आर्थिक समृद्धि हासिल गर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण