शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमका पर्यटन मन्त्री धामीले बुझाए संघीय पर्यटन मन्त्री किराँतीलाई ९ बुँदे सहजीकरणपत्र

आइतबार, १४ साउन २०८०, १५ : ५२
आइतबार, १४ साउन २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री रमेश धामी र संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबीच भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा मन्त्री धामीले सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन तथा विकासको लागि आवश्यक सहजीकरण गरिदिन मन्त्री किराँतीलाई ९ बुँदे माग पत्र समेत बुझाएका छन् ।

मन्त्री किराँतीलाई पेश गरिएको सहजीकरण पत्र अनुसार निजी हवाई कम्पनीहरुले विदेशी पर्यटकहरुको हकमा लगाउँदै आएको भाडा दर घटाउन आग्रह गरिएको छ । विदेशी पर्यटकले नेपालीको तुलनामा चार गुणा बढी भाडा तिर्नु पर्ने अवस्था रहेकोले निजी हवाई कम्पनीको नीतिले सुदूरपश्चिममा विदेशी पर्यटकहरु नआएकाले तत्काल भाडा दर समायोजनका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

सुदूरपश्चिमको ऐतिहासिक दरबार, मन्दिरलगायतको पुरातत्त्व विभागबाट अध्ययन गरिनुपर्ने समेत माग गरिनुको साथै पुरातात्त्विक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्रको संरक्षण र प्रबद्र्धनका लागि आवश्यक बजेट समेत बिनियोजन गर्न मन्त्री धामीले पर्यटन मन्त्री किराँतीसँग आग्रह गरे ।

गेटा विमानस्थलको स्तरोन्नती र गेटाबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा साप्ताहिक रुपमा नेपाल वायु सेवा निगमले हवाई सेवा सञ्चालन गर्नुपर्ने, सुदूरपश्चिममा नाथनको प्रदेश कार्यालय स्थापना गर्न र पर्यटन प्रबद्र्धनका लागि आवश्यक पर्ने सम्पूर्ण तालिमहरु सुदूरपश्चिममा सञ्चालन गर्न आग्रह गरिएको छ ।

साहसिक पर्यटनका रुपमा चिनिने प्याराग्लाईडिङ, बञ्जी जम्प, जीप लाइनको अनुमती प्रदेश सरकारलाई दिनु पर्ने समेत मन्त्री धामीले माग गरेका छन् ।

पर्यटकहरु बोक्ने हरियो नम्बर प्लेटको सवारी साधनलाई प्रदेश पर्यटन मन्त्रालयले यातायात कार्यालयसँग समन्वय गरी दर्ता अनुमति दिने अधिकार दिनुपर्ने माग गरिएको छ ।

यसैबीच मन्त्री किराँतीले सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट मन्त्री धामीले प्रस्तुत गरेका मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

dd1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप