युक्रेनले रुसमा ड्रोन हमला गरेको आरोप, विमानस्थल बन्द
रुसले युक्रेनमाथि मस्कोमा ड्रोन हमला गरेको आरोप लगाएको छ । यो हमलाका कारण दुई भवन क्षतिग्रस्त भएको र केही बेरका लागि सहरको एक विमानस्थल पनि बन्द गर्नु परेको बताइएको छ ।
रुसको रक्षा मन्त्रालयका अनुसार एक ड्रोन ओदिनसोवो जिल्लामा खसालिएको छ र प्रहार गर्ने बेलामा अन्य दुई ड्रोन केही भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् ।
रुसको सरकारी समाचार एजेन्सी तासले बताए अनुसार यो हमलामा एक व्यक्ति घाइते भएका छन् । अर्कोतर्फ युक्रेनी अधिकारीले भने हमलाको जिम्मेवारी लिएको छैन ।
मस्कोमा मेयर सर्गेई सोबयानिनले ड्रोन हमलामा दुई भवनका केही भाग क्षतिग्रस्त भएको बताएका छन् ।
घटनास्थलबाट सार्वजनिक भएको तस्बिरमध्ये एकमा भवनका केही झ्यालमा क्षति पुगेको देखिएको छ । लिया नामकी एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा आफूले आगो र धुवाँ मात्रै देखेको बताइन् ।
उनले भनिन्, ‘हामीले एउटा विस्फोट सुन्यौँ जुन कुनै झट्का जस्तै थियो । यो सुनेर धेरै मानिस आत्तिए । त्यसपछि त्यहाँ धुँवै धुवाँ भयो, केही देखिएन ।’
वनुकोवो विमानस्थलबाट विमानको आवतजावत केही बेरका लागि रोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण